सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

गैर आवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष पदमा पन्तको उम्मेदवारी घोषणा

काठमाडौं, ३ असोज । गैर आवासीय नेपाली संघको काठमाडौंमा हुने नयाँ नेतृत्वको निर्वाचनका क्रममा उपाध्यक्ष कुमार पन्त अध्यक्ष पदमा चुनावमा जाने भएका छन् । उनले काठमाडौंमा हुने विश्व सम्मेलनका क्रममा अध्यक्षमा उठ्ने एक कार्यक्रम...

१२ तस्बिरमा हेर्नुहोस् टुँडीखेलमा मनाइएको संविधान दिवस

काठमाडौं, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थितमा राजधानीको सैनिक मञ्च टुँडिखेलमा शुक्रबार चौथो संविधान दिवस धुमधामका साथ मनाइएको छ । राष्ट्रपति भण्डारीसहित प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधान न्यायाधीश चोलेन्द्र शमशेर...

मेरुदण्ड, नशा र मांशपेशीकाे अध्ययन अध्यापनमा विशेष ध्यान दिन आग्रह

काठमाडौँ, ३ असोज । सरकारले स्थापना गर्न लागेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड, नशा र मांशपेशीका अध्ययन अध्यापन तथा सेवामा विशेष ध्यान दिन यस क्षेत्रका विज्ञले आग्रह गर्नुभएको छ । पछिल्लो समयमा सडक दुर्घटनालगायत अन्य...

कुलेखानी–फाखेल–हुमाने सडकखण्डमा यातायात सञ्चालन

हेटौँडा, ३ असोज । कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड आजदेखि मर्मतका लागि बन्द गरिने भनिएको भए पनि बिहानैदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याएको फाखेल प्रहरी चौकी मकवानपुरले जनाएको छ । स्थानीय कुलेखानी–फाखेल–हुमाने सडक मर्मत सम्भार उपभोक्ता समितिले...

७२ वर्षीया एक फ्रान्सेली नागरिकको हेलिकप्टरद्वारा उद्धार

गोरखा, ३ असोज । धार्चे गाउँपालिका ४ लाप्राकबाट ७२ वर्षीया फ्रान्सेली नागरिकको उद्धार गरिएको छ । शुक्रबार यान म्यारीको हेलिकप्टरबाट उद्धार गरिएको हो । मनास्लु पदमार्गमा आएकी उनी लगातारको वर्षातमा भिजेका कारण निमोनिया भएको...

वनमन्त्री बस्नेत न्यूयोर्क प्रस्थान

काठमाडौँ, ३ असोज । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत संयुक्त राष्ट्रसङ्घको आयोजनामा हुने जलवायु कार्य्शिखर सम्मेलनमा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ गएराति...

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय

धादिङ, ३ असोज । सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले एक जनालाई सात वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश देवेन्द्र...

प्रदेशका ११ विधामा ३५ लाई पदक प्रदान गर्ने निर्णय

बुटवल, ३ असोज । प्रदेश नं ५ सरकारले विशिष्ठ योगदान पुर्याएका विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मानस्वरुप विभिन्न पदक प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले प्रदान गर्ने पदकका लागि कानून नै निर्माण गरेर...

संविधानको परिकल्पना पूरा गर्न सबै एक ठाउँमा उभिनुपर्छ : मुख्यमन्त्री भट्ट

धनगढी, ३ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको संविधानले गरेका परिकल्पना पूरा गर्नका लागि सबै एक ठाउँमा उभिन जरुरी रहेको बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश संविधान दिवस मूल समारोह समितिका संयोजकसमेत रहनुभएका...

बाढीबाट ६४ घरपरिवार विस्थापित

राँझा, ३ असोज । बाँकेमा वर्षापछि भएको डुबानका कारण खजुरा गाउँपालिकाका ६४ घरपरिवार विस्थापित भएका छन् । तीन दिनअघिको वर्षाले घर डुबानमा परेपछि ६४ परिवारका २५३ विस्थापित भएको खजुरा गाउँपलिकाकी उपाध्यक्ष एकमाया विकले जानकारी...

भारतीय राष्ट्रपति कोविन्दको सन्देश– संविधान दिवसको शुभकामना, चाँडै नेपाल आउँछु

काठमाडौं, ३ असोज । भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालको संविधान दिवसको शुभकामना दिँदै चाँडै नेपाल भ्रमणमा आउने जनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै नेपाल–भारतको सम्बन्ध भुगोलका आधारमा मात्र नभएर पौराणिक कालदेखि...

प्रदेश सरकार आर्थिक समृद्धिका लागि प्रतिबद्ध : मुख्यमन्त्री पौडेल

हेटौँडा, ३ असोज । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान दिवस मुल समारोह समिति प्रदेश नं ३ द्वारा आज हेटौँडामा आयोजित समारोहमा...
1 5,259 5,260 5,261 5,262 5,263 11,392