सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

इलाम-२ र बझाङमा एमालेका उम्मेदवारको अग्रता कायमै

दैनिक नेपाल २०८१ वैशाख १६ गते २२:३४

काठमाडौं, १६ बैशाख । उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर-२ र बझाङ प्रदेशसभा १ (क) को मतगणना जारी छ । जसअनुसार दुवै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अगाडि हुनुहुन्छ ।

इलाम-२ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ४ हजार ४९ मत पाउनु भएको छ । उहाँलाई नेपाली काँग्रेसका उम्मेवार डम्बरबहादुर खड्काले पछ्याइरहनुभएको छ । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम हुनुहुन्छ ।

उहाँले ७ सय ८४ मत पाउनुभएको छ। । यस्तै चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु हुनुहुन्छ । उहाँले ५ सय ६१ मत मात्रै पाउनुभएको छ ।

यता बझाङमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी ३ हजार चारसय ९७ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई नेपाली काँग्रेसका अभिषेक सिंहले २ हजार ८ सय २० मतसहित पछ्याइरहनुभएको छ ।

यस्तै, तेस्रो स्थानमा माओवादी केन्द्रका जनकबहादुर बुढा हुनुहुन्छ । उहाँले १ हजार ८ सय ८१ मत पाउनुभएको छ । चौथो स्थानमा एकीकृत समाजवादी पार्टीका दिलबहादुर सिंहले एकहजार ५० मत पाउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित