काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका नदी, खोलामा पानीको सतह बढेको छ ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको बागमती नदी, धोबिखोला, विष्णुमती लगायतका खोलामा पानीको सतह बढेको छ ।
त्यस्तै, केही करिडोर सडक क्षेत्रमा पानी जमेकाले आवागमनमा समेत समस्या भएको छ ।
खोलामा पानीको सतह बढ्दै गएकाले नदी तथा खोलको तटीय क्षेत्र, खोला किनारका सडक, जोखिमयुक्त नदी नजिको क्षेत्रबाट यात्रा नगर्न समेत महाशाखाले अनुरोध गरेको छ ।












प्रतिक्रिया