१४ कार्तिक २०८३, शनिबार

बारामा अस्पताल उद्घाटनको विषयमा झडप, प्रहरीको गोली लागेर एक जना घाइते

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित अस्पताल भवन उद्घाटन कार्यक्रममा विवाद हुँदा झडप भएको छ ।

शनिबार दुई पक्षबीच तनाव हुँदा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका हुन् । घाइते हुनेमा स्थानीय १८ वर्षीय आदित्य पासवान रहेका छन् ।

पासवानको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको बताइएको छ ।

अस्पताल भवनमा विद्युत्, खानेपानी लगायतका आधारभूत पूर्वाधारको व्यवस्था नगरी उद्घाटन गर्न लागिएको भन्दै स्थानीयले विरोध गरेका थिए । सोही विषयलाई लिएर दुई पक्षबीच विवाद बढेपछि कार्यक्रमस्थलमा प्रहरीले गोली चलाएको बताइएको छ ।

विरोधमा स्थानीयले १० भन्दा बढी मोटरसाइकलमा आगजनी गरेका छन् । कार्यक्रमस्थलको टेन्ट तोडफोड गरेका छन् । अस्पतालमा झ्यालढोका फुटाइएको छ ।

स्थानीयका अनुसार उनीहरूले शान्तिपूर्ण प्रदर्शनमार्फत विरोध जनाइरहेका बेला गाउँपालिका र सांसदको दबाबमा प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेपछि स्थिति थप तनावपूर्ण बनेको थियो ।