५ श्रावण २०८३, मंगलबार

‘जुनसुकै पालिकाको भएपनि सिफारिस लिएर आउनुहोला, गरिब र असहायको उपचार काठमाडौं महानगरले गर्छ’

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । काठमाडौं महानगरपलिकाका प्रमुख बालेन शाहले नेपालका जुनसुकै पालिकाका गरिब तथा असहायको काठमाडौं महानगरले उपचार गर्ने बताउनुभएको छ ।

आइतबार सामाजिक सञ्जालमार्फत् उहाँले भन्नुभएको छ, ‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरुले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला, हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन्, त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ ।’

उहाँले त्यसबारे टोल छिमेक वा आफन्तहरुलाई समेत जानकारी दिन आग्रह गर्नुभएको छ ।

प्रमुख बालेनले त्यसबारे विस्तृत जानकारीका लागि महानगरपालिकाको स्वास्थ्य विभागको सम्पर्क नं. ११८० मा सम्पर्क गर्नसमेत आग्रह गर्नुभएको छ ।