३१ जेष्ठ २०८३, आइतबार

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, १६ वैशाख । बागलुङबाट पोखरा आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ ।

ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिनुभयो ।

बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ । घाइतेहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तनहुँबाट रिजर्भका लागि बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्किने क्रममा शनिबार साँझ ७ः३० बजेतिर दुर्घटनामा परेको थियो ।