काठमाडौं । जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते छन् ।
शनिबार बिहान नलगाड नगरपालिका–८ मालुवास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा लु.प्र. ०१–००१ ह ०५२९ नम्बरको अटो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जाजरकोटको नलगाड–९ घरंगाका १७ वर्षीय सन्तोष विक र सोही ठाउँका ५५ वर्षीय रमेश विकको मृत्यु भएको हो ।
अटो रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट नलगाड–१२ तल्लुबगरतर्फ जाँदै थियो ।
प्रहरीका अनुसार अटो सडकबाट करिब ६५ मिटर तल खसेको थियो ।
दुर्घटनामा घाइते हुनेमा नलगाड–२ डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, नलगाड–३ कड्केका २८ वर्षीय गोपाल परियार र अटो चालक आठबिसकोट–११ चौरका २२ वर्षीय करण परियार छन् ।















प्रतिक्रिया