१५ कार्तिक २०८३, आइतबार

प्रदेशका ११ विधामा ३५ लाई पदक प्रदान गर्ने निर्णय

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बुटवल, ३ असोज । प्रदेश नं ५ सरकारले विशिष्ठ योगदान पुर्याएका विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मानस्वरुप विभिन्न पदक प्रदान गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले प्रदान गर्ने पदकका लागि कानून नै निर्माण गरेर पदक वितरण छनोट समितिले सिफारिस गरेपछि मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

संविधान दिवसका अवसर पारेर यस वर्ष प्रदेश सरकारले प्रदान गर्ने विभिन्न पदकको आज घोषणा गरिएको हो । प्रदेश स्थापना दिवस फागुन ३ गते सो पदक वितरण गरिने व्यवस्था गरिएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न ११ बिधामा ३५ जनालाई पदक प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एंवम् भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

प्रदेश सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट पदकमध्ये बुद्ध शान्ति पदक लुम्बिनीको विकासमा योगदान पुर्याएका जापानिज नागरिक भिक्षु नावातामे (मरणोपरान्त) लाई प्रदान गर्ने निर्णय गरिएको छ । भिक्षु नावातामेको लुम्बिनीमा जापान सरकारले निर्माण गरेको विश्व शान्ति स्तूपा निर्माणका क्रममा हत्या भएको थियो ।

यस्तै बुद्ध शान्ति पदक प्रथमबाट सङ्घीयता, गणतन्त्र र साहित्य, कला क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका रुपन्देहीका मोदनाथ प्रश्रितलाई र बुद्ध शान्ति पदक द्वितीय पत्रकारिता र साहित्य क्षेत्रमा विशिष्ठ योगदान एवं सङ्घीयता र गणतन्त्रको प्राप्तिको सङ्घर्षमा मृत्यु भएका अर्घाखाँचीका कृष्ण सेन इच्छुक (मरणोपरान्त) लाई प्रदान गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।

यस्तै प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठलाई प्रदेश प्रमुख जनसेवा पदक द्वितीय तथा सूर्य प्रकाश पुन एवम् परम्परा गौतम (दम्पती) मरणोपरान्त र दाङका भगौता थारूलाई प्रदेश प्रमुख जनसेवा पदक तृतीय प्रदान गर्ने निर्णय भएको जनाएको छ ।

यस्तै मुख्यमन्त्री प्रज्ज्वल दीप प्रथम पदक प्रदेशसभाका पूर्वसदस्य उत्तरकुमार वलीलाई (मरणोपरान्त), प्रदेश सरकारका पूर्वप्रमुख सचिव डा तीर्थराज ढकाललाई प्रदेश सेवा समर्पण पदक ९प्रथम० र प्रदेशसभाको सचिव सुरेन्द्र अर्याललाई द्वितीय पदक प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।

यस्तै समाजसेवा श्री प्रथम पदक दाङका नारायणप्रसाद शर्मा रेग्मी, समाजसेवा श्री द्वितीय पदक गुल्मीका शम्शेरबहादुर खत्री (मरणोपरान्त), दाङकी हिमादेवी उपाध्याय (मरणोपरान्त) र बाँकेको अशोककुमार रोकाय क्षेत्रीलाई प्रदान गर्ने निर्णय भएको छ । साथै समाजसेवा श्री तृतीय पदक प्यूठानका डा लेखराज सुवेदी, पाल्पा मदन पोखराका घण्टप्रसाद अर्याल र रुपन्देहीका एजाज आलमलाई प्रदान गरिने भएको छ ।

प्रदेश सरकारले प्रदान गर्ने पदकमध्ये प्रदेश रत्न पदक प्रथम दाङका महेश चौधरी, द्वितीय गुल्मीका परमानन्द भण्डारी (मरणोपरान्त), रुपन्देहीका सिपी शर्मा र शशिधर शर्मा, तथा तृतीय पदक कपिलवस्तुका प्राध्यापक डा विष्णुराज आत्रेय, रुपन्देहीका नर्बु लामा, बुद्धिबहादुर रायमाझी, प्यूठानकी चित्रकली बुढा र सोमपाल कामीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै बाँकेका कृष्णलाल चौधरीलाई पुथा श्री शिखर द्वितीय पदक, लुम्बिनी वाणिज्य क्याम्पसलाई प्रदेश प्रज्ञा पदक द्वितीय र गुल्मीको रेसुङ्गा माध्यमिक विद्यालयलाई तृतीय पदक प्रदान गर्ने भएको छ ।

यस्तै दाङकी पिमकुमारी गिरी र रोल्पाकी भागरथी घर्तीलाई प्रज्ञापति गौतमी पदक तृतीय, यस्तै बर्दियाका बेपत्ता नागरिक सगुनलाल चौधरलाई दङ्गीशरण बलिहास पदक प्रथम, दाङका जितबहादुर थापामगर (मरणोपरान्त) द्वितीय तथा बर्दियाका एकराज चौधरी, बाँकेका अब्दुल रहिफ सौफ, नवलपरासीका कौशलेन्द्र श्रीवास्तवलाई तृतीय पदक प्रदान गर्ने निर्णय भएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रदेश मदरसा शिक्षा व्यवस्थापन तथा समन्वय समितिको उपाध्यक्षमा कपिलवस्तुका मसहुँद खाँलाई नियुक्त गरेको छ । समितिका अन्य चार सदस्य भने प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले नियुक्त गर्ने व्यवस्था गरेको छ । –रासस