काठमाडौं । भारतको विपक्षी दलहरुको इन्डिया गठबन्धनले आज राजधानी नयाँ दिल्लीको रामलीला मैदानमा बृहत् र्याली निकाल्दै छ ।
प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै आज गर्न लागिएको ‘चलो दिल्ली’ सडक आन्दोलनमा २० भन्दा बढी विपक्षी दलहरू सहभागी हुने बताइएको छ ।
यसअघि पनि इन्डिया गठबन्धनले ज्ञानेश कुमारको राजीनामा माग्दै देशको संविधान, राष्ट्र र नागरिकहरूको मतदान गर्ने अधिकारको रक्षा गर्न माग गर्दै दिल्लीमा सडक प्रदर्शन गरेको थियो ।
प्रमुख विपक्षी दल कांग्रेस नेता राहुल गान्धी, मल्लिकार्जुन खर्गे, अखिलेश यादव र ममता बनर्जीले लगायतका शीर्ष नेताहरु आजको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
इन्डिया गठबन्धनले आजको प्रदर्शनमा १० लाख बढी जनताहरू भेला हुने दाबी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।












प्रतिक्रिया