सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

विल ज्याकको विष्फोटक शतकमा आरसीबीको शानदार जित

दैनिक नेपाल २०८१ वैशाख १६ गते २१:१९

काठमाडौं, १६ वैशाख । इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)मा रोयज च्यालेन्जर्स बेंग्लुरु (आरसीबी)ले शानदार जित दर्ता गरेको छ ।

आज भएको खेलमा गुजरात टाइटन्सले दिएको २०१ रनको लक्ष्य पछ्याएको बेंग्लुरुले १६ ओभरमै जम्मा एक विकेट गुमाएर पूरा गरेको थियो ।

जारी प्रतियोगितामा बेंग्लुरुको तेस्रो जित हो भने गुजराताको चौथोँ हार भएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा ३ विकेट गुमाएर २०० रन बनएको थियो ।

गुजरातका लागि साइ सुदर्शनले ८४ रनको नटआउट पारि खेल्दा मोहमद सारुख खानले ५८ रनको पारि खेले । सुदर्शनले ४९ बलमा चार छक्का र आठ चौका प्रहार गरेका थिए ।

यसैगरी, शारुख खानले ३० बलमा ५८ रन बनाउँदा पाँच छक्का र तीन चौका प्रहार गरे । यसैगरी, डेभिड मिलरले नटआउट २६ रन बनाउँदा कप्तान शुभमन गिलले १६ रन बनाए ।

बेंग्लुरुका लागि स्वपनिल सिंह, मोहमद सिराज र ग्लेन म्याक्सवेलले समान एकएक विकेट लिए ।

२०१ रनको विशाल लक्ष्यसहित मैदान उत्रिएको बेंग्लुरुको सुरुआत राम्रो भएको थियो । ३.५ ओभरमा टिमको स्कोर ४० रन हुँदा पहिलो विकेट कप्तान फाफ डु प्लेसि १२ बलमा २४ रन बनाएर आउट भए । उनले तीन छक्का र एक चौका प्रहार गरेर विदा भएका थिए । उनलाई साइ किशोरले आउट गरेका थिए ।

त्यसपछि, विराट कोहली र विल ज्याकले खेल जिताए । विल ज्याकले नटआउट शतकीय पारि खेल्दा कोहलीले नटआउट अर्धशतकीय पारि खेले । ज्याकले १५.२ ओभर देखि १६ ओभरसम्म २८ रन जोड्दै शतक पूरा गर्दा बेंग्लुरु विजयी भयो ।

ज्याकले ४१ बलमा १०० रन बनाउँदा १० छक्का र पाँच चौका प्रहार गरे ।

यसैगरी, ओपनर विराट कोहलीले ४४ बलमा ७० रनको नटआउट पारि खेल्दा तीन छक्का र छ चौका प्रहार गरे ।

प्रतिक्रिया
सम्बन्धित