
गोरखा, ३ असोज । धार्चे गाउँपालिका ४ लाप्राकबाट ७२ वर्षीया फ्रान्सेली नागरिकको उद्धार गरिएको छ । शुक्रबार यान म्यारीको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
मनास्लु पदमार्गमा आएकी उनी लगातारको वर्षातमा भिजेका कारण निमोनिया भएको बताइएको छ ।
म्यारीको काठमाडौं लाजिम्पाटस्थित सिभिक क्लिनिकमा उपचार भइरहेको स्रोतले जनाएको छ । छोरासहित गाइड र पोर्टर लिएर उनी मनास्लु पदमार्ग हुँदै लार्के पासका लागि आएकी थिइन् ।











प्रतिक्रिया