आइतबार, ३० वैशाख २०८१
DainikNepal.com
आइतबार, ३० वैशाख २०८१

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

दैनिक नेपाल २०८१ वैशाख १६ गते २१:०९

काठमाडौं, १६ वैशाख । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम महाशाखाका अनुसार राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।

कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ ।

साथै कोशी, बागमती, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना पनि छ ।

मौसम महाशाखाले आइतबार साँझ ६ बजे आगामी २४ घण्टा (सोमबार साँझ ६ बजेसम्म)का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित