शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

इराकी टिकटक स्टार फहादको गोली हानी हत्या

दैनिक नेपाल २०८१ वैशाख १६ गते ११:२८

काठमाडौं, १६ वैशाख । उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सावदीको गोली हानी हत्या गरिएको छ । उहाँलाई इराकको राजधानी बगदादमा शुक्रबार राति घर बाहिर गोली हानी हत्या गरिएको सीएनएनले उल्लेख गरेको छ ।

हमला बगदादको पूर्वमा जायुना क्षेत्रमा भएको थियो र यसलाई निगरानी क्यामेराले भिडियोमा कैद गरी सामाजिक सञ्जालमा शेयर गरेको थियो । भिडियोमा मोटरसाइकलमा सवार बन्दुकधारीले गोली हानेर सावदीको घटनास्थलमै हत्या गरेको देखिन्छ ।

इराकका आन्तरिक मन्त्रीले अज्ञात आक्रमणकारीहरूले सामाजिक सञ्जालमा परिचित महिलाको हत्या गरेको जानकारी दिँदै विशेष कार्य टोली गठन गरेको जानकारी दिनुभएको छ ।

फाहद टिकटकमा निकै लोकप्रिय रहनुभएको थियो । टिकटकमा उहाँले आफैलाई फिटिंग कपडामा पप संगीतमा नाच्ने भिडियोहरू साझा गर्ने गर्नुहुन्थो । उहाँलाई इराकको अदालतले अश्लील र अभद्र भाषा भएको, सार्वजनिक शिष्टता र नैतिकताको उल्लङ्घन गर्ने धेरै फिल्म र भिडियोहरू निर्माण र प्रकाशन गरेको आरोप लगाउँदै छ महिनाको जेल सजाय सुनाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित