मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

समाचार

खलंगामा नेवारी संस्कृति झल्किने ढुंगेधारा निर्माण

प्यूठान, १८ वैशाख । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा.गोविन्दराज पोख्रेलले आफ्नै सकृयतामा खलंगा प्यूठानमा निर्मित ढुंगेधारा सञ्चालनमा ल्याएका छन् । डा.पोखरेलले ढुंगेधाराको उद्घाटनका क्रममा पोख्रेलले पुरानो परम्परा र संस्कृति जोगाउने आफ्नो अभियानलाई सफल बनाउन...

कैलालीमा चित्तल मार्ने छजना पक्राउ

कैलाली, १८ वैशाख । कैलालीको टीकापुर नगरपालिका–२ सीतापुर गाउँमा वन्यजन्तु चित्तल मारेर काट्दै गरेको अवस्थामा छजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । स्थानीय गोरख सिंहको कुखुरा फार्ममा जंगली जनावर चित्तललाई मारी काटिरहेको भन्ने सूचनाका...

मजदुरका आधारभूत हकअधिकारका लागि सरकार प्रतिवद्ध छः प्रधानमन्त्री ओली

काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री केपी ओलीले विश्व मजदूर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन् । मजदूर दिवसको उपलक्ष्यमा आज दिएको एक...

नेपाल-भारत सीमामा संयुक्त सुरक्षा गस्ती

नवलपरासी, १८ वैशाख । पश्चिम नवलपरासीको नेपाल भारत सीमा क्षेत्रमा नेपाल र भारतका सीमा सुरक्षाकर्मीद्वारा सोमबार संयुक्तरुपमा सुरक्षा गस्ती गरिएको छ । सीमा क्षेत्रमा हुँदै आएको चोरी, तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले...

सुन काण्डमा ‘पावर’ले हावा खायो, बयानका लागि एसएसपी लोहनीलाई पत्र, उच्च निगरानीमा अर्याल

काठमाडौं, १८ वैशाख । ३३ किलो सुन काण्ड र सनम शाक्य हत्या प्रकरणमा महानगरीय अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यलय तानिएका एसएसपी दिवेश लोहनीलाई बयानका लागि उपस्थित गराउन विशेष अनुसन्धान समितिले पत्राचार गरेको छ ।...

निशाना छापका सर्जकलाई ‘भवानी पदमा’ पुरस्कार

दमक, १७ वैशाख । गणतन्त्र नेपालको निशाना छापका सर्जक हिमालय गौतमलाई ‘भवानी पदमा’ पुरस्कारबाट सम्मान गरिएको छ । झापा दमक–१० आमबाडीस्थित गौतम कुल वंश प्रतिष्ठानमा सोमबार आयोजित कार्यक्रममा उहाँलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो...

नक्कली फेसबुक खोलेर अश्लिल फोटो पठाउने पक्राउ

झापा, १७ वैशाख । सामाजिक सञ्जालको दुरुपयोग गरेर दुःख दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिको नाममा नक्कली फेसबुक आइडी बनाएर म्यासेजमार्फत अश्लिल फोटो पठाउने, पोस्ट गरिदिने, अश्लिल शब्द बोल्ने, भेट्न...

चट्याङ लागेर रुकुममा एक किशोरीको मृत्यु

रुकुम, १७ वैशाख । सानीभेरी गाउँपालिका–१० झारपोखरीमा आज अपराह्न चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । घरमा बसिरहेको अवस्थामा परेको चट्याङ लागेर ११ वर्षीया बिमला खड्काको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद...

बालविवाहविरुद्ध सयदिने अभियान मंगलबारदेखि

काठमाडौँ, १७ वैशाख । बालविवाह न्यूनीकरणका लागि यही वैशाख १८ गतेदेखि सयदिने अभियान शुरु हुने भएको छ । सामुदायिक रेडियो प्रचारक संघ (अकोराब), सामुदायिक सूचना नेटवर्क (सिआइएन) र वर्ल्डभिजन इन्टरनेशनल नेपालको सहकार्यमा आगामी साउन...

मुस्लिम संघको अध्यक्षमा अब्दुल सतार

काठमाडौँ, १७ वैशाख । नेपाली काँग्रेसको भ्रातृ संस्था मुस्लिम संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनले अब्दुल सतारको अध्यक्षतामा ७७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । यही वैशाख १५ र १६ गते काठमाडौँमा सम्पन्न महाधिवेशनले...

पुनर्निर्माण गरिएको मनकामना मन्दिरमा राखियो सुनको गजुर

गोरखा, १७ बैशाख । गोरखाको मनकामना मन्दिरमा सुनको गजुर राखिएको छ । भूकम्पपछि पुनर्निर्माण को कार्य सुरू गरिएको मनकामना मन्दिरमा क्षमापूजा गरी साइत हेराएर सोमबार गजुर राखिएको हो । पुरानो मन्दिरमा राखिएको गजुरलाई ४० लाख...

कीर्ते नागरिकता बनाउन नगरपालिकाका कर्मचारी नै सक्रिय …अनि परे प्रहरीको फन्दामा

सप्तरी, १७ बैशाख । किर्ते नागरिकता बनाउन सहयोग गरेको आरोपमा प्रहरीले नगरपालिकाका एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ । नागरिकता नै नलिएका व्यक्तिलाई प्रतिलिपी बनाउन सहयोग गर्ने राजविराज नगरपालिकाका इन्जिनियर राजकुमार देवलाई प्रहरीले पक्राउ गरेको...
1 6,854 6,855 6,856 6,857 6,858 11,397