मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

समाचार

महाधिवेशनपछि को अध्यक्ष हुने अहिले घोषणा हुँदैन : भट्टराई

काठमाडौँ, १८ वैशाख । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेकपा (माओवादी केन्द्र) सँग एकतापछिको महाधिवेशनमा नेतृत्वबारे अहिले नै घोषणा गर्न नसकिने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले मंगलबार यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा अहिले...

छामबोटमा फस्टाउँदै सामूहिक पशुपालन

स्याङ्जा, १८ वैशाख । यहाँका युवा सामूहिक पशुपालनतर्फ आकर्षित भएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–११ गल्कोटका छ युवाले सामूहिक रुपमा पशुपालन व्यवसाय गरेका हुन् । उनीहरुले सोही नगरपालिकाको वडा नं ७ छामबोटमा भण्डारी कृषि तथा...

रानीपोखरीको कङ्क्रिट हटाइउन १६ लाख लाग्ने

काठमाडौँ, १८ वैशाख । रानीपोखरी पुनःनिर्माणका क्रममा हालसम्म प्रयोग भएका सबै आधुनिक निर्माण सामग्री (कङ्क्रिट) हटाउनका लागि रु १६ लाख लाग्ने भएको छ । परम्परागत शैली मासिएको भनी गुनासो आएपछि २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त...

उभौली पर्वसँगै किराती संस्कृति संरक्षण शुरु

–हरिकुमार राई  उदयपुर १८ वैशाख । वैशाख पूर्णिमादेखि पन्ध्र दिनसम्म मनाइने उभौली पर्व र साकेला(चण्डी) नृत्यँंगै किरातीले आफ्नो संस्कृति संरक्षण अभियानसमेत शुरु गरेका छन् । वैशाख पूर्णिमादेखि मनाइने उभौली पर्व र साकेला नृत्यसँगै किरातीहरुले...

महोत्तरीका किसानलाई पछिल्लो वर्षाले दियो राहत, बर्खेबाली लगाउन व्यस्त

बर्दिवास, १८ वैशाख । माटो गाल्नेगरी पानी परेपछि महोत्तरी जिल्लाका किसान बर्खेबाली लगाउन व्यस्त छन् । आइतबार बिहानदेखि मंगलबार बिहानसम्म परेको पानीले खेतबारीमा पर्याप्त चिस्यान भएपछि जिल्लाका किसान बर्खे बाली लगाउने तयारीमा लागेका हुन्...

लाङ्टाङ पदमार्गमा जेठ ५ गते अन्तर्राष्ट्रिय म्याराथन दौड हुँदै

रसुवा, १८ वैशाख । लाङ्टाङ पदमार्गमा आगामी जेठ ५ गते अन्तर्राष्ट्रिय म्याराथन दौड हुँदैछ । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)का मिडिया समन्वयकर्ता गोपाल श्रेष्ठका अनुसार लाङ्टाङको क्याङ्जेनदेखि स्याफ्रुबेँसीसम्मको ४२ किलोमिटर दूरीमा म्याराथन दौड...

थाइल्याण्डका सैनिक प्रमुख नेपाल आउँदै

काठमाडौँ, १८ वैशाख । प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा थाइल्याण्डको रोयल थाई आर्म्ड फोर्सका प्रमुख तार्नचाइयान सिशुवान बुधबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । नेपाल भ्रमणमा रहँदा उहाँले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम...

युवा परिषद्ले एक प्रदेश एक नमूना गाउँ बनाउने

काठमाडौँ, १८ वैशाख । राष्ट्रिय युवा परिषद्ले यस वर्ष ‘एक प्रदेशमा एक नमूना गाउँ’ बनाउने तयारी गरेको छ । सातवटै प्रदेशमा एक–एक नमूना गाउँ बनाउने तयारी गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले बताउनुभयो ।...

काँग्रेस नेता रिजाल भन्छन्–देउवाको एकलौटी निर्णय मान्य हुँदैन

बुटवल, १८ वैशाख । नेपाली कांँग्रेसका नेता डा मीनेन्द्र रिजालले सरकारका गतिविधि लोकतन्त्र विरोधी भएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा उनले वाम सरकार तानाशाही बन्ने कोशिशमा लागेको टिप्पणी गर्दै सरकारले...

ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

राजविराज, १८ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका-३ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी मोटरसाइकल चालक २५ वर्षीय मनोज चौधरी रहेको इलाका प्रहरी कार्यालय रुपनीले...

श्रमिक दिवसकै दिन नेपाल एफएममा कालो ब्यानर !

काठमाडौँ, बैशाख १८ । कर्मचारी तथा पत्रकारहरुलाई समयमै तलब नदिएको भन्दै नेपाल पत्रकार महासंघले नेपाल एफएममा माग पत्र सहित कालो ब्यानर टाँगेको छ । विश्वभर १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाँउदै गर्दा नेपाल पत्रकार...

कम्युनिष्ट एकता अपरिहार्य: अध्यक्ष दाहाल

ra काठमाडौँ, १८ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश स्थिरता र समृद्धिको बाटोमा अग्रसर रहेको अहिलेको सन्दर्भमा सर्वहारावादी कम्युनिष्टको एकता अपरिहार्य आवश्यकता बनेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा...
1 6,852 6,853 6,854 6,855 6,856 11,397