१० श्रावण २०८३, आइतबार

एमालेका सुहाङ कांग्रेसका डम्बरभन्दा ६ हजार ६२८ मतले अगाडि

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १७ वैशाख । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनको जारी मतगणनामा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा ६ हजार ६ सय २८ मतले अगाडि हुनुहुन्छ ।

पछिल्लो मत परिणामअनुसार एमालेका नेम्वाङले २१ हजार तीन सय ८० मत प्राप्त गरी अग्रता कायमै राख्नुभएको हो ।  उहाँलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १४ हजार सात सय ५२ मतसहित पछ्याइरहनुभएको छ ।

यसैगरी, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले १० हजार १ सय ४६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार मिलन लिम्बूले ३ हजार ६ सय ३ मतसहित चौथोँ स्थानमा हुनुहुन्छ ।

यहाँको फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिका १, २, ३, ४ र ५ र इलाम नगरपालिका १ र २ को मत गणना सकिएको छ ।

६ वटा पालिका रहेको यस क्षेत्रको अहिले इलाम नगरपालिका ३, ४ र ५ को मतगणना भइरहेको छ ।

इलाम नगरपालिकाको २० हजार ६ सय ६५ मत मध्ये करिब १७ हजार मत गणना हुन बाँकी छ ।

एक लाख १५ हजार ८ सय ८९ मतदाता रहेको यस क्षेत्रमा ६९ हजार २ सय ८७ जनाले मतदान गरेका थिए ।