२४ असार २०८३, बुधबार

बसले ठक्कर दिँदा घाइते भएका एक नगरप्रहरीको मृत्यु

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १७ वैशाख । मकवानपुरको बकैया गाउँपालिका-५ तीनतलेमा बसले ठक्कर दिँदा घाइते भएका एक जना नगरप्रहरीको मृत्यु भएको छ ।

गत वैशाख १४ गते शुक्रबार दिउँसो धरान चतरा सडकखण्डअन्तर्गत हेटौंडाबाट फापरबारीतर्फ आउँदै गरेको बा २ ख ६९४३ नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको प्रदेश २-०३-०२१ प ६६१४ नम्बरको माटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बकैया-५ भडौरा बस्ने ३५ वर्षीय भीमसेन बजगाई घाइते हुनुभएको थियो ।

उहाँको आइतबार राति हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठक्कर दिने बस र बस चालक ललितपुरका २६ वर्षीय सोमलाल भोलनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच, नगरप्रहरी बजगाईको निधनमा गाउँपालिकाले दुःख व्यक्त गर्दै भोलि मंगलबार गाउँपालिकाभर शोक विदा दिएको छ ।