बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

युएईले विश्वकै ठूलो विमानस्थल बनाउँदै

दैनिक नेपाल २०८१ वैशाख १७ गते ७:५६

काठमाडौं, १७ वैशाख । ठूला र भव्य भवन बनाउने संयुक्त अरब इमिरेट्स (युएई)ले अब विश्वकै ठूलो विमानस्थल निर्माण गर्न लागेको छ । यसको नाम अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ । आइतबार, दुबईका शासक शेख मोहम्मद बिन रसिद अल–मकतूमले एइडी (युएइको मुद्रा) १२८ बिलियनको लागतमा नयाँ यात्री टर्मिनललाई अनुमोदन गर्नुभयो । यो विमानस्थल निर्माणको काम सन् २०१३ मा नै सुरु भएको हो ।

अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल विश्वको सबैभन्दा ठूलो हुनेछ । विमानस्थलमा २६ करोड यात्रु क्षमताको हुनेछ । अहिले रहेको दुबई अन्तर्राष्ट्रिय विमानस्थलको आकारको पाँच गुणा ठुलो हुने पनि जनाइएको छ ।

दुबई एयरपोर्टका सबै कामहरु आगामी वर्षहरूमा अल मकतूममा सारिने छ । अल मकतूम एयरपोर्टमा चार सय टर्मिनल गेटहरू र पाँच रनवेहरू पनि समावेश गरिएका छन् ।

दुबईको सरकारी स्वामित्वको एयरलाइन इमिरेट्सका अध्यक्ष शेख अहमद बिन सईद अल–मकतूमले एयरपोर्ट प्रमुख क्यारियर इमिरेट्स र यसको कम लागतको एयरलाइन फ्लाईदुबई, साथै विश्वलाई दुबईमा जोड्ने सबै एयरलाइन साझेदारहरूको लागि नयाँ घर हुने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित