बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

इलाम-२ : सुहाङले कटाए साढे बीसहजार मत

दैनिक नेपाल २०८१ वैशाख १७ गते २१:५८

इलाम, १७ बैशाख । उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर-२ को मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रताको रफ्तारलाई कायमै राख्नुभएको छ ।

यो समाचार तयार पार्दासम्म उहाँले साढे बीसहजार मत कटाइसक्नुभएको छ । उहाँले २० हजार ५ सय ९६ मत पाउनुभएको छ भने उहाँलाई पछ्याइरहनुभएको निकट्म प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १३ हजार ९ सय ९० मत पाउनु भएको छ ।

उहाँहरूबीचको मतान्तर ६ हजार ६ सय ६ रहेको छ । यस्तै तेस्रो स्थानमा रहनुभएको स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ९ हजार ६ सय ५९ मत पाउनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ३ हजार ४ सय ५० मत मात्रै प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित