५ श्रावण २०८३, मंगलबार

इलाममा एमालेको फराकिलो अग्रता, २ हजार ६१८ मतले पछि पर्‍यो कांग्रेस

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १७ वैशाख । इलाम-२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रतालाई फराकिलो बनाउनुभएको छ । यहाँको २१ हजार ८५४ मतगणना हुँदा सुहाङ २ हजार ६१८ मतले अगाडि हुनुहुन्छ ।

सुहाङ ८ हजार ८९८ मतसहित शीर्ष स्थानमा रहनुभएको छ भने उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६ हजार २८० मतसहित पछ्याइरहनुभएको छ ।

यसैगरी, यहाँ स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ६३४ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बूले १ हजार ३०६ मत प्राप्त गर्नुभएको छ ।