प्यूठान, १८ वैशाख । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा.गोविन्दराज पोख्रेलले आफ्नै सकृयतामा खलंगा प्यूठानमा निर्मित ढुंगेधारा सञ्चालनमा ल्याएका छन् ।
डा.पोखरेलले ढुंगेधाराको उद्घाटनका क्रममा पोख्रेलले पुरानो परम्परा र संस्कृति जोगाउने आफ्नो अभियानलाई सफल बनाउन सहयोग पु¥याएकोमा खलंगाबासीलाई धन्यवाद दिए ।
उनले निरन्तर प्यूठानको विकासमा लाग्ने बताउँदै खलंगालाई ५ नम्वर प्रदेशको बन्दीपुरको रुपमा विकास गरिने प्रतिबद्धता समेत व्यक्त गरे । खलंगालाई कलात्मक सहरको रुपमा विकास गर्न सवै एकजुट हुन समेत डा. पोखरेलले आह्वन गरे ।
झण्डै ३ सय वर्ष पुरानो नेवार वस्तीका रुपमा रहेको जिल्ला सदरमुकाम खलंगामा पछिल्लो समयमा नेवारी संस्कृति र परम्परा अनुसार विकास पद्धति अगाडि वढाउने छलफल पछि डा. पोखरेलको अगुवाईमा ८ वटा ढुंगेधारा निर्माण गरिएको मल्लरानी गाउपालिका ४ का वडाध्यक्ष कुमार श्रेष्ठले बताए । यसका लागि वडाको वजेटबाट ५ लाख समेत छुट्टयाइएको उनले बताए ।
झण्डै ४० लाखको लागतमा ८ वटा ढुंगेधारा निर्माण भएको इञ्जिनियर सन्तोष श्रेष्ठले बताए । खलंगा बाहेक नेवार समाजको वाहुल्यता रहेको विजुवारको भौकामा पनि यस्तै धारा निर्माण गरिने उनको भनाई छ ।












प्रतिक्रिया