काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनताको स्वतन्त्रता खोस्ने काममा सरकार उद्दत भएको बताएका छन् ।
आइतबार काठमाडौंको टोखामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नागरिक स्वतन्त्रतालाई नियन्त्रण गर्नेजस्ता निरङ्कुश शासन व्यवस्था हावी हुन लागेको समेत बताए ।
उनले प्रधानमन्त्रीका सल्लाहकारले आफूविरुद्धको प्रमाण मेटाउने र आफूलाई चाहने प्रमाण सार्वजनिक गरेको आरोप समेत लगाए ।
पौडेलले अहिले व्यवस्था ल्याउन केही नगर्नेहरुलाई जनताले दुई तिहाई मत दिएको भन्दै जनमतको मत दुरुपयोग नगर्न सरकारलाई सुझाव दिए ।
त्यस्तै, उनले कांग्रेसको बृहत एकताका निम्ति अधिकतम प्रयत्न गरेको बताए ।
पौडेलले विधिको शासन भएको देशमा एउटै पार्टीको दुई सभापति र एउटा पार्टीको दुईवटा झण्डा, चुनाव चिह्न हुन नसक्ने उल्लेख गरे ।
कांग्रेसको अर्को पक्षको गतिविधि विधिको शासनको बर्खिलापमा रहेको उनको भनाइ छ ।












प्रतिक्रिया