२२ कार्तिक २०८३, आइतबार

पुनर्निर्माण गरिएको मनकामना मन्दिरमा राखियो सुनको गजुर

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, १७ बैशाख । गोरखाको मनकामना मन्दिरमा सुनको गजुर राखिएको छ । भूकम्पपछि पुनर्निर्माण को कार्य सुरू गरिएको मनकामना मन्दिरमा क्षमापूजा गरी साइत हेराएर सोमबार गजुर राखिएको हो ।

पुरानो मन्दिरमा राखिएको गजुरलाई ४० लाख खर्च गरी मर्मत गरिएको थियो । सरकारको चार करोड र भक्तजनको सहयोगबाट उठेको आठ करोडले मन्दिर पुनर्निर्माण भइरहेको छ । आगमी दशैँसम्म भक्तजनका लागि मन्दिर खुला गरिने बताइएको छ ।

सो मन्दिर पुरानै स्वरुपमा पुुनर्निर्माण भइरहेको छ । मन्दिर पुनर्निर्माणको काम भइरहँदा छेवैमा रहेको टहरोबाट पूजाआजा हुँदै आएको छ । मन्दिर पुनर्निर्माणमा करिब १२ करोड खर्च लाग्ने बताइएको छ ।