मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

मुस्ताङमा हवाई दुर्घटना: जर्मनीबाट राजेन्द्र भण्डारीको यस्तो वह

राजेन्द्र भण्डारी २०७९ जेठ १५ गते १९:०२

-राजेन्द्र भण्डारी

हामी विदेश बस्नेलाई आफ्नो जन्मभुमि जान मन नलाग्ने होइन । लागिरहन्छ दिनहुँ जान, बिहानै मन लाग्छ, दिउँसै मन लाग्छ, साँझमा मन लाग्छ र सपनीमै पनि मन लाग्छ ।

आमाबुबा, साथीभाई र आफन्तसँग फोनमा कुराकानी गर्दा कहिले आउछस् नेपाल भन्दा झनै मन लाग्छ । आफ्नो देशमा गएर आमाबुबा, आफन्त, साथीभाई, सुन्दरी नानीहरु, जन्मेर २५ औ वर्ष पुग्दा पनि देख्न नपाएका गाउँघरका नवपिँढीलाई पनि देख्न र चिन्न मन लाग्छ ।

विशेषगरी त हाम्रा जनप्रतिनिधि र नेताहरुलाई पनि भेटेर केही सिकाउन मन लाग्छ । विदेश आउन भनेर तड्पँदै बसेका युवा युवतीहरुलाई पनि केही आफ्ना अनुभवहरु सुनाउन मन लाग्छ ।

शिक्षा संकाय पढेको र सोही क्षेत्रमा काम गर्ने भएकोले आफ्ना अनुभवहरु र उहाँहरुका साटासाट गर्न मन लाग्छ । डक्टरलाई, ईन्जिनियरलाई, कर्मचारीलाई र व्यापारीलाई पनि आफूले जानेबुझेका ज्ञान हस्तान्तरण गर्न मन लाग्छ ।

गाउँमा पुगेर एक डोको घाँस काट्न, एक भारी दाउरा टिप्न, खोलातिर पौडिन र भकुण्डो खेल्न मन लाग्छ । चाडपर्व र बिहेबारीमा ढल्किएर पुग्न मन लाग्छ । अझै भनुँ भने त यो युरोप सौखिन जीवनमा लागेको भुँडी घटाउन गाउँ पुगेर दिनभर असारको हिलोमा कोदालो खन्न र पातालो बन्न मन लाग्छ ।

शहर तिर छिरेर रमरमिता गर्न मन लाग्छ । ठमेल, पोखरा र अन्य शहर घुमेर आनन्द लिन मन लाग्छ । योगा, ध्यान र नाचगान गरेर शारिरिक एवं मानसिक सन्तुष्टी पाऊन मन लाग्छ । फिल्म हल तिर पुगेर फिल्म हेरिदिन पनि मन लाग्छ । नेपाल पुगेर सरर हेलीमा हिमाल पहाड हेर्न पनि मन लाग्छ । प्याराग्लाईडिङ, कायाकिङ, र्याफ्टिङ, बन्जी सबै गर्न मन लाग्छ ।

भनिन्छ जहाँ जन्मियो, म त्यहीँ मर्दा आत्मा स्वर्गमा पुग्छरे । तसर्थमा बुढेशकालको जोगो पनि गर्न मन लाग्छ । कति पय काम गर्न हतार गर्नु नपरे पनि मनले त अहिले गरु नै लागिरहन्छ ।

हामी मानिसको जीवन कर्मले बाँधिएको हुने रहेछ । सफलता पाउन त्याग अनिवार्य रहेछ । केहि गुमाएर केही पाएकोमा भने सन्तोष मान्नु पर्ने रहेछ । आफू जहाँ रहेपनि कर्म गरिरहनु पर्ने हुन्छ ।

समय र परिस्थितीको मागलाई बुझेर आफ्ना कर्म गर्ने तरिका र स्थल फेर्न सक्ने खुबी आफैले बनाईनु पर्छ। जिन्दगी जिउने क्रममा विशेषता दिनु पर्ने कुराहरु हुने रहेछन् र त्यही शुत्रलाई अपनाएर आफ्ना अधुरा चाहानालाई पन्छ्याएर पनि ति जिम्मेवारी पुरा गर्नु पर्ने हुदोरहेछ ।

मानव जीबनमा सबैभन्दा प्रिय भनेको आफ्नै परिवार हुन्छ । जुनबेला आफ्ना परिवारका सदस्यहरुले आफ्ना आवश्यकता देखाउछन् तब आफुले आफ्ना जिम्मेवारी सम्झेर त्यसलाई पुरा गर्नु पर्ने हुन्छ । साना केटाकेटी हुर्काउन त अझ धेरै कम्प्रोमाइज गर्नु पर्ने हुन्छ ।

आज बिहानै नेपालका हवाई तथा सडक दुर्घटनाका तस्बिर हरु मानस्पटलमा छाई रह्यो । मृत स्वदेशी एवं विदेशी पर्टयक लगायत चालक दलमा हार्दिक श्रद्धान्जली अर्पण गर्दछु ।

अलि बढ्दै गएपछि भने आफ्ना लागि पनि केही गर्ने समय निकाल्न सकिने अनुभव बटुल्न पाइने रहेछ । युवा बाबु आमा हुनुमा त अझ तिन जेनेरेशनलाई हेर्नुपर्ने हुन्छ । वृद्ध बुबा आमा, आफ्नो र केटाकेटी, जस्ले गर्दे आफ्नो जिवनशैली ब्यालेन्समा राख्नु पर्ने हुन्छ ।

रमाईलो गर्ने पनि समय आउनेछन्, पेन्शन पाकेपछि शारिरिक अवस्था राम्रो रहे संसार नै फन्को मार्न पाइनेछ । तसर्थ नै मानिसहरु संसारको कुना कुनामा पुग्छन् ।

नयाँ साथी बनाउन, संस्कृतिमा रमाउछन्, प्रकृति र भुगोलबारे ज्ञिन लिन्छन् । यहाँ नेर सबैभन्दा मुख्य प्रश्न आउँछ स्वास्थ्य र शुरक्षाको । घुम्न गएको मान्छेको लाश कोही देख्न चाहदैनन्, तैनका परिवारमा पर्ने मानविय, सामाजिक, आर्थिक र साईकोलोजिकल क्षतिको त कुरै नगरौँ ।

तसर्थ संसारका मानिसहरु भेकेशन जाँदा शुरक्षित र व्यवस्थित देश जान मन पाउँछन् । अविकसित देशको अनहेल्दी स्ट्रक्चरमा खासै सुरक्षाको आभास हुँदैन ।

पेशाका रुपले आफ्नो पनि छुट्टी नेपालमा मनसुन सिजन हुँदा नै पर्छ । नेपालमा मनसुन सिजनको प्रकृति र त्यसले ल्याउने अनुकुल र प्रतिकुल परिणामलाई मैले राम्रै बुझेको हुदा यस समयमा नेपाल जाने योजना बनाउन नै सक्दिन ।

आज बिहानै नेपालका हवाई तथा सडक दुर्घटनाका तस्बिर हरु मानस्पटलमा छाई रह्यो । मृत स्वदेशी एवं विदेशी पर्टयक लगायत चालक दलमा हार्दिक श्रद्धान्जली अर्पण गर्दछु ।

नेपाल मन पराइदिएर घुम्न जानु हुने पर्यटकका परिवार प्रति सहानुभुतिका छ र आशा गर्छु उहाँहरुले यस दुर्घटनाबाट पुगेको क्षतिलाई संबेदनशिल ढंगबाट पुरा गर्न सफल हुनुहुनेछ र नेपाल प्रति एक किसिमको संवेदनात्मक संझना राखी माया देखाईरहनु हुनेछ ।

दुर्घटनाको टेक्निकल छानबिन त हुने नै छ तर नेपाल जस्तो अविकसित र पुर्वाधाररहित देशमा पर्यटन व्यवसायी र नेपाल सरकारले सेफ्टी फ्रस्टको निती ल्याएर मात्र मनोरन्जनलाई प्राथमिकता दिईनु पर्ने हुन्छ । पाईलट र ड्राईभर हरु भनेको आफ्नै ज्यान अर्पेर अरुलाई शेवा दिने पेशा हुन तसर्थ उहाँहरु आफैँले पनि यस बारे बिशेष ध्यान दिनु पर्ने हुन्छ ।

अन्त्यमा फेरी पनि हार्दिक श्रद्धाान्जली र हाम्रो जन्मभुमी नेपालले यस्ता शेवा क्षेत्रलाई प्राथमिकता दिई सुहाउँदो मौसम या सिजनमा मात्र मनोरन्जन दिने नीति ल्याई अकालमा नमरी जीवन सुन्दर बनाउन सहयोग पुर्याउने छ ।

प्रतिक्रिया
सम्बन्धित