शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

दैनिक नेपाल २०८१ वैशाख १८ गते ५:५२

इलाम, १८ वैशाख । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ विजयी हुनुभएको छ ।

उहाँले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतको अन्तरले पराजित गर्नुभएको हो ।

विजयी हुनुभएका सुहाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभयो ।

यसैगरी, तेस्रो स्थानमा रहनुभएको स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ११ हजार ४५७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित