१ श्रावण २०८३, शुक्रबार

बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, १७ बैशाख । उपचुनाव अन्तर्गत बझाङ प्रदेशसभा-१ मा नेकपा (एमाले) का उम्मेदवार दमन भण्डारी विजयी हुनुभएको छ ।

उहाँले नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्नुभयो । विजयी भण्डारीले ११ हजार ६१२ मत पाउनुभयो भने पराजित सिंहले ११ हजार ३४६ मत पाउनुभयो ।

यस्तै, माओवादी केन्द्रका जनक बूढाले ३ हजार ८ सय ३१ मत पाउनुभएको छ भने एकीकृत समाजवादी पार्टीका उम्मेदवार २ हजार ५ सय १४ मत पाउनुभयो ।