मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

इलाम-२ मा नेकपा एसको ४०८ मत, झलनाथ खनाल थिए चुनावी कमाण्डर

दैनिक नेपाल २०८१ वैशाख १८ गते ७:५४

काठमाडौं, १८ वैशाख । इलाम-२ मा नेकपा (एकीकृत समाजवादी) र राप्रपाको लज्जास्पद हार भएको छ ।

यस उपनिर्वाचनमा उम्मेदवार बन्नुभएका एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले ४०८ मत मात्र प्राप्त गर्नुभएको छ । इलाम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह जिल्लासमेत हो । उहाँ यस चुनावका लागि पार्टीबाट चुनावी कमान्डरसमेत तोकिनुभएको थियो । तर चुनावमा जमानत जफत मात्र भएन लज्जास्पद नतिजासमेत आएको छ ।

त्यस्तै, यस क्षेत्रमा राजसंस्थाको एजेण्डा लिएर हिडिँरहेको राप्रपालाई पनि जनताले अस्वीकार गरेका छन् । राप्रपाबाट उम्मेदवार बन्नुभएको लक्ष्मी गुरुङले केवल ४०४ मत मात्र पाउनुभएको छ । यस क्षेत्रमा २०७९ को आमनिर्वाचनमा राप्रपाले ५१० मत प्राप्त गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित