२४ असार २०८३, बुधबार

ओलीको अँगालोमा सुहाङ !

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १८ बैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुग्नुभएको छ ।

इलाम-२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजय सभालाई सम्बोधन गर्न ओली इलाम पुग्नुभएको हो । इलाम पुगेर अध्यक्ष ओलीले सुहाङलाई भेट्दै बधाई दिनुभएको छ ।

ओलीले अँगालोमा हालेर सुहाङलाई बधाई दिनुभएको हो । एमालेले आयोजना गर्ने विजयी सभालाई ओलीले सम्बोधन गर्नुहुनेछ । सुहाङले २७ हजार ७७२ मत पाएर विजयी भएका छन् ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाउनुभएको थियो ।