मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

ओलीको अँगालोमा सुहाङ !

दैनिक नेपाल २०८१ वैशाख १८ गते १४:१९

इलाम, १८ बैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुग्नुभएको छ ।

इलाम-२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजय सभालाई सम्बोधन गर्न ओली इलाम पुग्नुभएको हो । इलाम पुगेर अध्यक्ष ओलीले सुहाङलाई भेट्दै बधाई दिनुभएको छ ।

ओलीले अँगालोमा हालेर सुहाङलाई बधाई दिनुभएको हो । एमालेले आयोजना गर्ने विजयी सभालाई ओलीले सम्बोधन गर्नुहुनेछ । सुहाङले २७ हजार ७७२ मत पाएर विजयी भएका छन् ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित