मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

इलाममा–२ मा जित्न सकिएन, सिक्न सकियो : रवि लामिछाने

दैनिक नेपाल २०८१ वैशाख १८ गते १३:४१

काठमाडौं, १८ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलाम क्षेत्र नम्बर २ मा पार्टीको हार भएपछि पराजयबाट पाठ सिकेको बताउनुभएको छ ।

उपप्रधान एवं गृहमन्त्री समेत रहनुभएका लामिछानेले इलाम–२ को उपनिर्वाचनमा आफ्ना उमेदवार मिलन लिम्बूको पराजय स्वीकार गर्दै उपनिर्वाचनमा जित्न नसके पनि सिक्ने अवसर मिलेको र जिम्मेवार ढंगले प्रस्तुत हुन कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।

निर्वाचित हुनुभएका नेकपा एमालेका सुहाङ नेम्वाङलाई बधाई दिँदै उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘जित्न सकिएन, सिक्न सकियो । त्यसैले कुनै इफ बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ ।’

१५ बैशाखमा प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ को उपनिर्वाचनमा रास्वपाका उमेदवार मिलन लिम्बूले ५ हजार ५० मत मात्रै ल्याउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित