शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

रविलाई सिके राउतको सुझाव- बारा र इलाममा जमानत जफत भयो, विचार गर्नुहोला

दैनिक नेपाल २०८१ वैशाख १८ गते १६:२९

काठमाडौं, १८ बैशाख। जनमत पार्टीका अध्यक्ष सिके राउतले ८४ मा बहुमतको कुरा गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बारा र इलाममा जमानत जफत भएको विषय विचार गर्न आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जालमा उपनिर्वाचन बारे टिप्पणी गर्दै राउतले रास्वपा नेतृत्वलाई एक्लै दुई तिहाइ ल्याइन्छ भनेर ढुक्क बसेकोमा बारा र इलाममा जमानत जफत भएको सम्झाउनुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘रास्वपाको नेत्तृत्व र साथीहरूले पनि बुझ्नु पर्ने हो । मैले आन्दोलनको लागि पटकपटक आग्रह गर्दा उहाँहरू २०८४ मा दुई/तिहाई एक्लै ल्याइन्छ भनेर ढुक्क बस्नु भएको थियो। बारा र इलाममा जमानत जफ्त भएको भोग्नु भयो, विचार गर्नुहोला। शुभचिन्तकको नाताले मात्रै खुल्लेआम भन्दैछु ।’

उहाँले आफ्नो समेत धरातल देखिएको भन्दै नयाँलाई जनताले मत दिन्छ र उथलपुथल हुन्छ भने अपेक्षा राख्नु गलत भएको टिप्पणी गर्नुभयो । साथै, उहाँले नयाँ किसिमको व्यवस्था नगरे ८४ मा पनि अहिलेको भन्दा फरक केहि नहुने दावी गर्नुभएको छ । इलाम-२ मा जनमतका उम्मेदवार प्रेम कुमार थाम्सुहाङले ११८ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित