मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

गोदावरी आसपासको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर, एक जनाको मृत्यु

दैनिक नेपाल २०८१ वैशाख १८ गते १६:२१

काठमाडौं, १८ बैशाख । ललितपुरको गोदावरी नगरपालिकाकाविभिन्न सामूदायिक वनमा लागेको आगलागी नियन्त्रण बाहिर गएको छ । वडा नम्बर ४ स्थितितपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भइसकेको छ ।

प्रहरीका अनुसार आगलागी निभाउने क्रममा शंकर पहरी र रमेश पहरी घाइते भएको र शंकरको उपचारका क्रममा निधन भएको हो । उनीहरूलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो ।

वडा नम्बर ४ का वडाध्यक्ष सानुभाई नगरकोटीका अनुसार आगो नियन्त्रणको प्रयास जारी राखिएको भएपनि नियन्त्रणका समस्या भइरहेको छ । आगो नियन्त्रणका लागि गएका स्थानीयलाई स्वास्थ्यमा समस्या आएपछि अक्सिजन समेत दिनुपरेको उहाँले बताउनुभयो ।

वनमा सल्ला, धुपी जस्ता रुखहरु रखेको र हावाहुरी चलिरहेकाले नियन्त्रणमा समस्या भएको उहाँको भनाइ छ । गोदावरी नगरपालिकाभित्रका तपेश्वर, लेले, ठैडोल लगायतका वनमा लागेको डढेलो नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले प्रयास जारी राखे पनि सफल हुन सकेको छैन ।

सिहंदरबार नजिकै रहेको सामूदायिक वनमा लागेको आगलागी नियन्त्रणमा संघीय सरकारले पहल नगरेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया
सम्बन्धित