३० असार २०८३, मंगलबार

इलामको विकासको जिम्मा सुहाङले लिन्छन् : केपी शर्मा ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको बताउनुभएको छ ।

इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफु सुहाङको पछाडी रहेको बताउनुभएको हो ।

सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले अब इलामको विकासमा केन्द्रित हुने भन्दै इलामका समस्यासँग आफू परिचित रहेको स्पष्ट पार्नुभयो । आफूले चुनावको क्रममा गरेका प्रतिबद्धताहरु चुनावी स्टन्ट होइनन् भन्दै तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

इलामका मतदाताले सहि उम्मेदवार छानेको बताउदै सुहाङले राम्रो काम गर्ने बताउनुभयो ।