सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

समाचार

तीन वर्षका लागि रुकुममा यार्सागुम्बा संकलन बन्द

रुकुम, २४ वैशाख । जिल्लाको आठबिसकोट नगरपालिकामा पाइने यार्सागुम्बा तीन वर्षका लागि संकलन बन्द गरिएको छ । नगरपालिका वडा नं २ स्यालाखदीमा पाइने यार्सा संरक्षणका लागि तीन वर्षसम्म संकलन बन्द गरिएको हो । गत वर्ष...

विवाह मण्डपबाटै पक्राउ परे यी दुलहादुलही

रुकुम, २४ वैशाख । जिल्लाको मुसिकोट नगरपालिकामा सोमबार बालविवाह गरिरहेका एक जोडी पक्राउ परेका छन् । बालविवाह गर्न लागेको गोप्य सूचनाका आधारमा प्रहरीले दुलहादुलहीलाई विवाह मण्डपबाटै पक्राउ गरेको थियो । केटाकेटीबीच केही दिनअघि प्रेम...

प्रधानमन्त्री ओली भन्छन्–देश शान्ति र स्थिरतातर्फ गइसक्यो

काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्ति र स्थिरता तर्फको यात्रामा अगाडि बढेको बताएका छन् । स्थानीय तह, प्रदेशसभा र संघीय संसदको निर्वाचन सम्पन्न भइसकेर नयाँ सरकारहरु पनि गठन भइसकेकोले स्थिरता...

नेपाली खानाको विश्वव्यापीकरण अभियानको शुभारम्भ

काठमाडौँ, २४ वैशाख । नेपाली रैथाने खानालाई विश्व बजारमा स्थापित गराउने अभियानको सोमबार औपचारिकरुपमा थालनी भएको छ । अभियानअन्तर्गत तयार पारिएको नेपाली खाना पकाउने ज्ञान प्रदान गर्ने कुकु बुक एवं भिडियोको सार्वजनिक गरिएको छ...

बाघको छाला र हड्डीसहित एक जना पक्राउ

काठमाडौँ, २४ बैशाख । प्रहरीले मकवानपुरको बागमती गाँउपालिका ४ जरायोटारबाट एक युवकलाई बाघको छाला र हड्डीसहित पक्राउ गरेको छ । संरक्षित वन्यजन्तु बाघको १ थान छाला र ९ किलोग्राम हड्डीको अवैध ओसारपसार र बिक्रिको...

अकूत सम्पत्ति कमाउनेमाथि छानबिन गर्न सांसदहरुको माग

काठमाडौँ, २४ वैशाख । राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्ने सांसदहरुले सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार हटाउन गरेको प्रयासलाई सकारात्मक रुपमा लिँदै अन्य क्षेत्रमा समेत पहल गर्न आग्रह गरेका छन् । उनीहरुले यातायात क्षेत्रमा लामो समयदेखि...

सरकारको अभियानमा साथ दिन युवालाई गृहमन्त्रीको आग्रह

काठमाडौँ, २४ वैशाख । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समाजको विकृति र विसङ्गतिविरुद्ध सरकारले शुरु गरेको अभियानमा युवालाई साथ दिन आह्वान गर्नुभएको छ । सोमबार योङ कम्युनिष्ट लिग (वाइसिएल)ले आयोजना गरेको ‘समसामयिक परिस्थितिमा युवाको भूमिका...

अब पत्रकारको तलब बैंक खाताबाट मात्र : राज्यमन्त्री बाँस्कोटा

काठमाडौँ, २४ वैशाख । सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सबै श्रमजीवी पत्रकारको तलब बैंक खाताबाट मात्र दिने व्यवस्था गरिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको प्रदेश नं ३...

लाङ्टाङ निकुञ्जको जंगलमा लागेको डढेलो नियन्त्रणमा आयो

रसुवा, २४ वैशाख । लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो सोमबार बिहानबाट नियन्त्रणमा आएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्राविधिक रेञ्जर रमेश बस्नेतका अनुसार गोसाइँकुण्ड गाउँपालिका–६ धुञ्चे नजिक ब्राबल भिर इलाका क्षेत्रमा आइतबार मध्याह्नदेखि...

असिनापानीले २० करोडको केराखेती सखाप

चितवन, २४ वैशाख । हावाहुरी र असिनापानीका कारण पूर्वी चितवनको विभिन्न क्षेत्रमा रु २० करोडभन्दा बढीको केराखेती सखाप भएको छ । चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार आइतबार साँझ आएको हावाहुरी र...

आचार्य श्रीनिवास आफैँले गोली हान्न लगाएको खुलासा, काठमाडौँबाट पक्राउ

काठमाडौँ, २४ बैशाख । धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । आफैँले गोली हान्न लगाएको आरोपमा प्रहरीले श्रीनिवासलाई काठमाडौँबाट पक्राउ गरेको हो । उनीमाथि चैत २५ गते गोली प्रहार भएको थियो । अनुसन्धानका क्रममा...

ओलीले कसलाई भने–समीकरण बदल्न बानी परेकाहरु !

काठमाडौँ, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो गरेको एउटा ट्वीटले राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न भएको छ । एमाले र माओवादीबीच विगत आठ महिनादेखि जारी एकता प्रक्रिया अन्तिम चरणमा पुगेको चर्चा...
1 6,841 6,842 6,843 6,844 6,845 11,416