३० असार २०८३, मंगलबार

लण्डनको मेयरमा सादिक खान तेस्रो पटक निर्वाचित

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । बेलायतको लण्डनको मेयरमा सादिक खान पुनः निर्वाचित हुनुभएको छ । खानले तेस्रो कार्यकालका लागि जित हासिल गर्नुभएको हो ।

लेबर पार्टीका उम्मेदवार सादिक खान ४३ प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएको बिबिसीले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ कन्जरभेटिभ पार्टीकी उम्मेदवार सुसान हलले ३२ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

बेलायतको राजधानी लण्डनमा तीन वर्षअघि भएको मेयरको निर्वाचनको तुलनामा सादिक खानले यसपटक सात प्रतिशत बढी मत प्राप्त गर्नुभएको छ । बेलायतमा भएको स्थानीय निकायको निर्वाचनमा लेबर पार्टीका उम्मेदवारले राम्रो प्रदर्शन गरेका छन् ।

अबको केही महिनामा बेलायतमा पनि आम निर्वाचन हुन लागेको छ । अधिकांश सर्वेक्षणमा लेबर पार्टीले अग्रता लिएको छ ।