२२ कार्तिक २०८३, आइतबार

बाघको छाला र हड्डीसहित एक जना पक्राउ

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २४ बैशाख । प्रहरीले मकवानपुरको बागमती गाँउपालिका ४ जरायोटारबाट एक युवकलाई बाघको छाला र हड्डीसहित पक्राउ गरेको छ ।

संरक्षित वन्यजन्तु बाघको १ थान छाला र ९ किलोग्राम हड्डीको अवैध ओसारपसार र बिक्रिको सूचना पाएपछि पुगेको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले २९ वर्षीय चेतबहादुर वाइवालाई पक्राउ गरेको हो ।

उनीबाट ९ फिट ७ इन्च लामो र ३ फिट चौडाइ भएको बाघको छाला बरामद भएको प्रवक्ता मीरा चौधरीले जानकारी दिइन् ।

आइतबार पक्राउ परेका वाइवालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय फाँपरबारी मार्फत जिल्ला वन कार्यालय मकवानपुरमा बुझाएको छ ।

उनीमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धी, १९७५ विरुद्दको अपराध गरेको अभियोगमा अनुसन्धान भइरहेको सीआइबीले जनाएको छ ।

दोषी ठहरिएमा वाइवालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(१) अनुसार पाँच लाखदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै हुने व्यवस्था छ ।