काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले साना तथा मझौला उद्यम (एसएमइ) क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ लक्ष्मी पूजाको अवसर पारेर २०८३ कार्तिक २२ गतेदेखि ‘एसएमई महोत्सव’ सञ्चालनमा ल्याएको छ । यो विशेष अभियान २०८३ पुस मसान्तसम्म सञ्चालन हुनेछ ।
‘एसएमई महोत्सव’ अन्तर्गत बैंकले व्यवसायी तथा उद्यमीहरूका लागि आकर्षक कर्जा सुविधा उपलब्ध गराएको छ । यस योजनाअन्तर्गत मुक्तिनाथ विकास बैंकमा व्यवसाय कर्जा स्वाप गर्दा आधार दरमा शून्य प्रतिशत प्रिमियम अर्थात् बेस रेट + शून्य प्रतिशत प्रिमियममा कर्जा सुविधा प्राप्त गर्न सकिनेछ ।
यस विशेष योजनामार्फत व्यवसायीहरूलाई सहज, सरल तथा प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउँदै उनीहरूको वित्तीय व्यवस्थापनलाई सहज बनाउने तथा व्यवसाय विस्तारका लागि थप अवसर सिर्जना गर्ने बैंकको उद्देश्य रहेको छ । विशेषगरी साना तथा मझौला उद्यमीहरूलाई लक्षित यस अभियानले व्यवसाय सञ्चालन तथा विस्तारमा आवश्यक वित्तीय स्रोतको पहुँचलाई थप सहज बनाउने विश्वास बैंकले लिएको छ ।
मुक्तिनाथ विकास बैंकले ग्राहकको आवश्यकता, व्यवसायको सम्भावना तथा उद्यमशीलताको प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै विभिन्न वित्तीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ । ‘एसएमई महोत्सव’ पनि उद्यमशीलता प्रवर्द्धन, व्यवसायीलाई थप वित्तीय अवसर प्रदान तथा ग्राहकसँगको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने बैंकको निरन्तर प्रयासको एक महत्वपूर्ण हिस्सा हो ।












प्रतिक्रिया