२२ कार्तिक २०८३, आइतबार

३९ जिल्लामा देउवा पक्षको नेतृत्व चयन, कुन जिल्लामा को ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसभित्र समानान्तर महाधिवेशनको तयारी गरिरहेको शेरबहादुर देउवा पक्षले अहिलेसम्म ३९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। ती अधिवेशनबाट नयाँ जिल्ला सभापतिसहितका कार्यसमिति चयन गरिएको समूहले जनाएको हो।

समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयका अनुसार मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीअनुसार जिल्ला अधिवेशन अघि बढाइएको हो। यसका लागि कार्तिक मसान्तसम्म सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ।

अहिलेसम्म नेतृत्व चयन भएका ३९ जिल्लाका सभापतिहरूको सूची यस्तो छ :

कोशी प्रदेश
१. ताप्लेजुङ – अमरबहादुर सेन्दाङ
२. झापा – कृष्ण हुमागाईं
३. संखुवासभा – रामकुमार जिमी
४. भोजपुर – धर्मराज राई
५. खोटाङ – रोजेन राई
६. उदयपुर – बसन्तकुमार बस्नेत
७. ओखलढुंगा – डेकराज भट्टराई

मधेश प्रदेश
८. धनुषा – कोमलकान्त झा
९. बारा – राजेशराय यादव

बागमती प्रदेश
१०. सिन्धुपाल्चोक – बालकृष्ण बस्नेत
११. चितवन – मिलनबाबु श्रेष्ठ
१२. रसुवा – उपेन्द्र लम्साल
१३. काभ्रेपलाञ्चोक – रमेशप्रसाद हुमागाईं

गण्डकी प्रदेश
१४. कास्की – ऋषिराम काफ्ले
१५. पर्वत – यमबहादुर मल्ल (रामकृष्ण)
१६. स्याङ्जा – इन्द्रबहादुर गोदार
१७. म्याग्दी – हिराबहादुर पुन

लुम्बिनी प्रदेश
१८. कपिलवस्तु – राजेश सिंह
१९. अर्घाखाँची – बाबुराम पौडेल
२०. दाङ – गोपालराज शर्मा
२१. बाँके – प्रमोद श्रेष्ठ
२२. गुल्मी – वेदबहादुर थापामगर
२३. बर्दिया – जग्गाप्रसाद पाण्डे

कर्णाली प्रदेश
२४. रोल्पा – मानबहादुर खत्री
२५. प्युठान – देवेन्द्र बर्मा
२६. रुकुम पश्चिम – नन्दबहादुर विष्ट
२७. सल्यान – दीपक चन्द
२८. जुम्ला – नेत्रकला शाही
२९. मुगु – तिलक मल्ल
३०. हुम्ला – सूर्यबहादुर शाही
३१. कालिकोट – नगेन्द्र विष्ट
३२. दैलेख – दिनेशकुमार हमाल
३३. जाजरकोट – रामजंग शाह

सुदूरपश्चिम प्रदेश
३४. डोटी – बाजिसिंह खड्का
३५. दार्चुला – सुरेन्द्रराज अवस्थी
३६. बैतडी – वीरबहादुर विष्ट
३७. बझाङ – हर्कजंगबहादुर सिंह
३८. डडेलधुरा – डिल्लीराम जोशी
३९. बाजुरा – धनराज पण्डित