आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

मुक्तिनाथ विकास बैंकद्वारा ग्रीन हाइड्रोजन अनुसन्धानका लागि केयूसँग सहकार्य

दैनिक नेपाल २०८१ वैशाख २३ गते २०:१८

काठमाडौं, २३ वैशाख । मुक्तिनाथ विकास बैंक लिमिटेडले दिगो विकासमा टेवा पुग्ने उदेश्यले ग्रिन हाइड्रोजन इन्धनका अनुसन्धानको लागि काठमाडौं विश्वविद्यालय (केयू)सँग सहकार्य गरेको छ ।

एक कार्यक्रम बीच बैंकले काठमाडौं विश्वविद्यालयअन्तर्गत रहेको ग्रिन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र काठमाडौं विश्वविधालयका उपकुलपति डा. भोला थापा, ग्रीण हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिंह थापा तथा दुवै संस्थानका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । हाल ग्रिन हाइड्रोजन ल्याबले ग्रिन हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्ने छ ।

यस सहयोगबाट नेपालमा रहेको प्राकृतिक स्रोतको असिमित सम्भावनाहरुलाई अनुसन्धान गर्ने मौकासँगै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको मुक्तिनाथ विकास बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित