२९ असार २०८३, सोमबार

यस्तो छ अशोक राई नेतृत्वको जसपाको पद विभाजन

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व जसपाले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम टुंगो लगाएको छ।

आइतबार विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिनुभएको छ । पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहनुहुनेछ । केन्द्रीय अध्यक्षमा अशोक राई रहने पार्टी संरचना रहेको छ।

केन्द्रीय अध्यक्ष पार्टीको कार्यकारी भूमिकामा क्रयाशिल हुने बताइएको छ। पार्टीको सहअध्यक्षमा रेणु यादव रहनेछिन्। उपाध्यक्षमा नवलकिशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ गरी चार जना रहनुभएको छ ।

महासचिवमा मोहम्मद इस्तियाक राई, उपमहासचिवमा प्रदीप यादव, सचिवमा दीपक कार्की र रञ्जु ठाकुर तथा कोषाध्यक्षमा वीरेन्द्र महतो रहनुहुनेछ । विभाजित पार्टीमा संघीय संसदका सात जना सांसद छन्।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमानसिंह पनि नयाँ पार्टीमा जाने बताइएको छ।