
काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्ति र स्थिरता तर्फको यात्रामा अगाडि बढेको बताएका छन् । स्थानीय तह, प्रदेशसभा र संघीय संसदको निर्वाचन सम्पन्न भइसकेर नयाँ सरकारहरु पनि गठन भइसकेकोले स्थिरता तर्फ बढेको बताएका हुन् ।
संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले आयोजना गरेको ‘सिक्दै गरेको पुस्ता र सिकाईको तरिका’ सम्बन्धी दक्षिण एशिया क्षेत्रीय उच्चस्तरीय बैठकको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार समावेशी नीति, समानता, समृद्धि र सामाजिक न्यायका लागि प्रतिवद्ध रहेको समेत बताए । प्रधानमन्त्री ओलीले नेपालको संविधानले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्ने व्यवस्था गरेको स्मरण गराए ।
‘शिक्षाका अतिरिक्त स्वास्थ्य, हेरचाह, व्यक्तित्व विकास, खेलकुद जस्ता कुराहरु हरेक बालबालिकालाई उपलब्ध गराइन्छ’ प्रधानमन्त्री ओलीले भने । नेपाल बिना भेदभाव बालअधिकार रक्षाका लागि प्रविबद्ध रहेको ओलीको भनाइ छ । ‘नेपाल बालअधिकार महासन्धीको पक्ष राष्ट्र पनि हो’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण पनि हामी बालबालिकाको शिक्षा पाउने अधिकारलाई उच्च प्राथमिकतामा राख्छौं ।’
प्रधानमन्त्री ओलीले नेपालमा शैक्षिक गुाण्स्तर वृद्धिका लागि सूचना र प्रविधीको प्रयोग गरिने बताए । प्रधानमन्त्री ओलीले भने, ‘सूचना र प्रविविलाई विद्यार्थीदेखि विद्यालयसम्म विस्तार गर्ने सरकारको योजना छ’, ओलीले भने, ‘दिगो विकासको लक्ष्य प्राप्तिका लागि सूचना प्रविधिको प्रयोग र अनुसन्धानमा जोड दिनुहोस् ।











प्रतिक्रिया