१२ मंसिर २०८३, शनिबार

सन्दीपको कप्तानीमा विश्वकप छनोट प्लेअफ खेल्ने नेपाली टिमको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सन् २०२७ मा आयोजना हुने आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपको छनोटअन्तर्गत नेपालमा हुने प्लेअफ प्रतियोगिताका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । घोषित टोलीमा अभिषेश गौतमले पहिलोपटक एकदिवसीय राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिषेक गौतम रहेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले डिसेम्बर ४ देखि २१ सम्म नेपालमा प्रतियोगिता आयोजना गर्ने खेलतालिका सार्वजनिक गरिसकेको छ ।

प्रतियोगितामा नेपालसहित इटाली, नामिबिया, युगान्डा, क्यानडा, कुवेत, जर्सी र संयुक्त अरब इमिरेट्स (यूएई) गरी आठ टोली सहभागी हुनेछन्

यी टोलीले विश्वकपको ग्लोबल छनोटमा बाँकी रहेका चार स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको खेल काठमाडौंको त्रिवि क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

उद्घाटन खेलमा डिसेम्बर ४ मा नेपालले त्रिवि मैदानमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।