मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

‘सामाजिक सञ्जालमा गलत लेख्नेलाई सिधै जेल होईन, उसको सञ्जाल नै बन्द गर्नुपर्छ’

दैनिक नेपाल २०७६ पुष २८ गते १९:५४

काठमाडौं, २८ पुष । पब्लिक ईनोभेटर ई. दिपेन्द्र कँडेलले सुचना प्रविधि विधेयेकले नेपाल र नेपाली नागरिक कसैकोपनि स्वतन्त्रता हनन् नहुने दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन् ।

उनले उक्त विधेयक सर्वसम्मतीले पारित गराउनको लागि राजनीतिक दललाई आग्रह समेत गरेका छन् । उनले दाबी गर्दै भने, ‘यो विधेयेक सम्पूर्ण देशवासीको हितमा छ । यसलाई अविलम्ब पारित गर्नुको विकल्प छैन ।’

उनले उक्त विधेयक सम्पूर्ण नेपालीहरुको सुरक्षाको लागि रहेको दाबी गरे । यद्यपी उनले विधेयकको सजाय तथा कसुरको प्रावधानमा भने आफ्नो असहमति दर्ज गरे । उनले संविधानमा लेखिएको सजायलाई परिमार्जन गरेर सजाय तोक्ने प्रावधानको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

उनले विद्येयकमा राखिएको सजाय तथा कसुरको प्रावधानलाई सच्याएर सामाजीक सञ्जालमा गलत धारणा प्रकाश पार्ने व्यक्तिको सजाय उनीहरुको सामाजीक सञ्जाल नै बन्द गराउनु उत्तम हुने तर्क अघि सारे । ‘सामाजिक सञ्जालमा लेखेकै भरमा उसलाई सुरुमै जेल हाल्ने होइन्, कैद गर्ने प्रावधानमा मेरो असहमति छ ।’–उनले भने ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकसामू सजायलाई मात्र केन्द्रित गरेर उक्त विधेयक खारेजीको माग गरेकोमा पनि कँडेलले आपत्ति जनाए । उनले सामाजिक सञ्जालको हकमा नेपालमा रहेका प्रत्येक सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त सञ्जालहरु विधिसम्मत रुपमा दर्ता गराउनुपर्ने धारणा राखे ।

त्यसैगरी कार्यक्रममा सामाजिक अभियन्ता पु०य गौतमले पनि उक्त सूचना प्रविधि विधेयेकले कसैको स्वतन्त्रतालाई ठेस नपुर्याउने स्पष्ट पारे । उनले भने, ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो विधेयकलाई गलत ढंगले प्रस्तुत गरिरहेको छ । यसप्रति सबै सचेत हुनुपर्छ ।’

उनले उक्त विद्येयकले नेपालको विकासमा ठूलो भूमिका खेल्ने विश्वास दिलाए । उनकाअनुसार देश तथा समाजमा विद्यमान रहेका सबै प्रकारका विकृति तथा विसंगतिलाई हटाउन सरकारले विधेयक ल्याएको हो ।

‘यो विद्येयकले पे्रस स्वतन्त्रतालाई पनि केही हानी पुर्याउँदैन । अहिलेको समयमा सामाजिक सञ्जालले मानिसको जीवनमा ठूलो भूमिका खेलिरहेको छ । यसलाई गलत तत्वबाट मुक्ति दिलाउन सो विधेयक जरुरी थियो । अहिलेको सरकारले ल्याएको छ ।’

उनले प्रजातन्त्रको मसिहा भन्ने केही व्यक्तिको सम्पूर्ण जन्मकुण्डली आफूले राखेको टिप्पणी गरे । विद्येयक आएपनि फेसबुक, युट्यूब, ट्विटरलगायतका सामाजिक सञ्जाल सजिलै चल्ने र यसमा कुनै प्रकारको समस्या नआउने समेत उनको विश्वास छ । सामाजिक सञ्जालको स्वतन्त्रताको निम्ति पनि उक्त विधेयक संसदबाट सर्वसम्मतीबाट पारित गर्नुपर्ने उनले आवश्यकत्ता औंल्याए ।

प्रतिक्रिया
सम्बन्धित