शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

बाघको आक्रमणबाट नवलपुरमा एक जना घाइते

दैनिक नेपाल २०८१ वैशाख १८ गते ६:२३

नवलपुर, १८ वैशाख । नवलपुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । मध्यविन्दु–५ बाघखोरनिवासी ३० वर्षीय यमनारायण महतो माघको आक्रमणमा परी घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार दिउँसो पौने १ बजे मध्यविन्दु नगरपालिका– ५ बाघखोरको हरियाली मध्यवर्ती सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा महतोलाई बाघले आक्रमण गरेको थियो ।

घाइते महतोको मध्यविन्दु जिल्ला अस्पताल उपचारमा भइरहेको प्रहरीले जनाएको छ । उनको मुख र शरीरमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित