बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

यस्तो छ इलाम-२ को पछिल्लो मतपरिणाम (अपडेट)

दैनिक नेपाल २०८१ वैशाख १७ गते १९:४३

इलाम, १७ बैशाख । इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनको मतगणना अनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो फराकिलो अग्रता कायमै राख्नुभएको छ ।

पछिल्लो मत परिणामअनुसार उहाँले १९ हजार १ सय १४ मत पाउनुभएको छ । उहाँलाई पछ्याइरहनुभएका नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १२ हजार ६ सय ७५ मत पाउनुभएको छ ।

सुहाङ र डम्बरबीचको मतान्तर ६ हजार ४ सय ३९ छ । यस्तै, तेस्रो स्थानमा रहनुभएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ४ सय १० मत पाउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू चौथो स्थानमा हुनुहुन्छ । उहाँले ३ हजार २ सय ४२ मत पाउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित