४ श्रावण २०८३, सोमबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । सोमबार डलर एकको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको थियो ।

त्यस्तै, आज युरो एकको खरिददर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ५४ पैसा रहेको छ । सोमबार युरो एकको खरिददर १४२ रुपैयाँ २८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९३ पैसामा कारोबार भएको थियो ।

यस्तै, बेलायती पाउण्ड एकको खरिददर १७६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८३ पैसा रहेको छ । सोमबार पाउण्ड एकको खरिददर १६६ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९४ पैसा रहेको थियो ।

आज कतारी रियालको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । सोमबार रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसामा कारोबार भएको थियो ।