शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बुद्ध दर्शन, कोरोना कहर र सचेत क्रान्तिको दृष्टिकोण

सुदर्शन जोशी 'तेजस्वी' २०७८ जेठ १७ गते १९:४०

-सुदर्शन जोशी ‘तेजस्वी’

सचेत छुरीको तीक्ष्ण धार हुँदै पारहुने यो दिगो पथमा लम्क !
जीवन रहँदै गर्नै पर्ने मार्ग सचेत क्रान्ति मा लागि आफै बुद्ध बनी चम्क !!

“हृदयको खेतमा सत्यता, करुणा एवम शान्तिको बिउ विजारोपण गर्न, हुर्काउन, फलाउन र समाजमा फल दिन सिकाउने दार्सनिक गौतम बुद्ध प्रति नमन !“

“जसले आफ्नो मनलाई जितेको छ, उसलाई कसैले पनि जित्न सक्दैन भनि मनुष्यलाई उसको आत्यन्तिक सम्भावना देखाउने र त्यसलाई सार्थक बनाउने मार्ग प्रदान गर्ने बुद्ध प्रति कृतज्ञता !“

“रुपान्तरणका अद्वितीय स्वरुप जसका कोमल पाउमा हामी सबैको हृदयबाट वहाका तीन रत्न बुद्धम शरणम गच्छामी, धम्मम शरणम गच्छामी र संघम शरणम गच्छामीका शब्दरुपि श्रद्धा–पुष्पहरु अर्पण गर्दै बुद्धत्वको सम्मान र आफ्नो व्यवहारमा अवलम्वन गर्ने प्रयत्न गर्दै वहाप्रति सादुवाद!“

विहान सकारात्मक सोचको सृजना गरौ !
दिनमा सेवा र सत्काममा अघि सरौ !
बेलुका सबै रिस, घमण्ड, प्रतिक्रिया मारौ !
रातमा आराम गर्दै नँया युगको वृक्ष सारौ !

बुद्ध, बुद्धि, बुद्धत्व प्रत्यक प्राणि भित्रै हुन्छ ।सचेत हुने, बोध हुने, जाग्ने, यी सबै विषय । जब सचेत भयो तब नै शुभ विहानि भयो ।तब नै बुद्धि पलायो। बुद्ध यस्तो महामानव हो जो संग दृढ संकल्प, त्याग गर्न सक्ने क्षमता, धैर्यता छ ।

उहाँलाई ध्यानमग्नता तथा समाधी पथ वाट मानवीय असल, सत्य स्वरुपको दर्शन गर्न युगान्त प्रेरणा दिनुहुने एक उत्प्रेरकको रुपमा चिन्न सकिन्छ ।

स्वयम आफैलाई साध्ने, वर्तमानमा रहने र प्रकृति संग आनन्द रहने कलाले प्रत्यकको जिवनलाई स्वर्ग वनाउने कुरा उहाँबाट सिक्न सकिन्छ।

गौतम बुद्ध, जसको शरीरको जन्म, बोध तथा महापरीनिर्वाण प्राप्तिको अत्यन्त पावन तिथि पुर्णिमा हुनुमा पनि अर्थ छ । धेरै काल रात्रिहरु, संकटहरु काटेपछि मात्र पुर्णिमा वा ज्योति आउछ ।

ब्यक्ती, परिवार, समाज, रास्ट्र तथा विश्व हुँदै ब्रह्माण्डमा नै बुद्ध–चेतना (अहिंसा र करुणा ) द्वारा शान्ति र आनन्द कायम हुन सक्ने छ । वहाका तीन रत्नहरु बुद्धम (बोध तत्व), धमंम (धारण गर्ने) र संगम (योग,एकता,संगत) हुन ।

१) बुद्ध र अंगुलीमालः

मान्छे मारेर तिनका औंलाको माला लगाउने डाकु, हिंस्रक व्यक्ति अंगुलीमाललाई समेत मानवीय संवेदना र तार्किक कुशलताले अहिंसाको मार्गमा आउन प्रेरित गर्नुभयो।

जंगलमा हतियारधारी अंगुलीमाललाई भेटेपछि बुद्धले शान्तिपूर्वक अह्राउनुभयो ।

‘रूखका दुई वटा पात टिपेर ल्याऊ।’

उसले दुई वटा पात टिपेर ल्यायो।

बुद्धले भन्नुभयो, ‘अब यी पातलाई रूखको हाँगामै लगेर फेरि जोडिदेऊ।’

तब अंगुलीमालले भन्यो, ‘यस्तो कसरी सम्भव हुन्छ ? ’

बुद्धले भन्नुभयो, पातलाई फेरि रूखमा जोड्न सक्दैनौ भने तोड्ने अधिकार पनि कसैलाई छैन। त्यसैगरी, यदि कुनै मृत प्राणीको जीवित बनाउन सक्दैनौ भने त्यसलाई मार्नु पनि हुँदैन। सबैलाई आफ्नो जीवन बाँच्न पाउने अधिकार छ ।

त्यो अधिकार अनधिकृत रूपमा कसैले हनन गर्छ भने अन्ततःउसलाई घोर आत्मग्लानि हुन्छ, उसले केवल अकुशल कर्म सञ्चय गर्छ। बुद्धका प्रेमपूर्ण र तर्कयुक्त वचन सुनेर अंगुलीमालको हृदय परिवर्तन भयो । उसले हतियार फ्याँकिदियो र अहिंसाको मार्गमा पदार्पण गर्दै जीवनभर बुद्धका शिक्षाहरू अनुसरण गर्यो।

कसैले बुद्धलाई सोधे !

बीष के हो?

बुद्धले निकै सुन्दर जवाफ दिए

हर त्यो चिज जुन जिन्दगीमा आबश्यकता भन्दा अधिक हुन्छ त्यो बीस हो।

चाहे त्यो तागत होस्, धन होस्, भोक होस्, लालच होस्, अभिमान होस्, आलस्यता होस्, महत्वाकाङ्क्षा हास्, प्रेम होस् वा घृणा होस्।

वुद्धका यी र यस्तै महान शन्देसहरूलाई सँधै चिन्तन, मनन र ब्यवहारमा लागू गर्ने गरौँ , अन्तत हामी बुद्ध बन्ने प्रयास गरौँ ।

३) अष्टांग मार्गः– सम्यक दृष्टि (right vision), सम्यक संकल्प (right commitment), सम्यक वचन (right communication), सम्यक कर्म (right action), सम्यक आजीविका (right profession), सम्यक व्यायाम (right practice), सम्यक स्मृति (right mindfulness) र सम्यक समाधि (right samadhi) । यी मार्गहरु असल शासन, सचेत जिवनशैलि, नेतृत्व विकास र अहिले लकडाउनमा भित्रै बस्दा जिवन व्यवस्थापनका लागी अत्यन्त आवस्यक छन ।

४) पाँच शील वा ‘पन्चशील’: झुट्टो नबोल्नु अर्थात् सत्य व्यवहार गर्नु, हिंसा नगर्नु अर्थात् काटमार नगर्नु, चोरी नगर्नु अर्थात् भ्रष्टाचार नगर्नु, ब्रहृम चर्यमा रहनु र मद्यपान नगर्नु अर्थात् लागू पदार्थ सेवन नगर्नु । यी पाँच शिलको जीवन व्यवहारमा अवलम्वन गर्नु नै कोरोना कहरलाई करुणामा वदल्ने प्रार्थना र सचेत क्रान्ति हो ।

५) जीवन रहदै दुःख मुक्त बन्न सकिने कला हुन बुद्ध। उहाँका जिवनका उकालि ओरालिलाई हेर्दै अहिलेको आधुनिकताको बिज्ञान र प्राचीनताको ज्ञानको सङ्गम जीवन दर्शन, उत्प्रेरणा र वर्तमान संकटको समाधान सहित सङ्गै सुन्दर भविष्यको कल्पना गर्दै वर्तमानको यात्रामा अघिवढौ । बुद्ध एक दार्शनिक चिन्तन र प्रेरणात्मक प्रस्तुति बन्न सक्छ । त्यसैले उत्प्रेरणात्मक सचेत ज्ञान बाट संकटमा पनि धैर्य र सकारात्मक बन्न सिकौं!

अहिले कोरोना एक माहामारि बनी हामिलाई सताईरहेको छ । तर प्रत्यक म साच्चै आफुसँग ईमानदार छौँ र धर्तिमा रहने प्रत्यक म को समय सकिएको छैन यदि भने मृत्यु सामुन्ने आएर पनि मुन्टो लुकाउदै, दात ङिच्याउदै एवं लज्जा बोध गर्दै फर्किन बाध्य हुन्छ अर्थात मृत्युको पनि मृत्यु सम्भव छ ! त्यसैले यतिवेला प्रत्यक म बुद्ध बन्ने यात्रामा अघि वढौ ।

उठ ! जाग ! बुद्धका विचारहरुबाट प्रबोधित होऊ !
आफ्नो स्वासमा खेल्दै आफैले आफैलाई, पखालि धोऊ !!

कोरोना कहरले मृत्युको भय वनाएको छ ।प्रत्यक मृत्युको पल यो कोरोना जस्तै रोग, व्याधि माध्यम भई समय संवेदनशील एवं महत्त्वपूर्ण बन्छ ।

यसर्थ उक्त क्षण, पललाई धैर्य राखी समयलाई वा प्रत्यक पाईला पाईलामा क्षमा, कृतज्ञता र अहोभावले ढाक्न सके संकट क्रमशः टर्ने सम्भावना देख्न सकिन्छ नै । प्रत्यक पल हरु टर्दै जाने र नया पाईलाको शुरुवात हुने नै गर्दछ भनी आफैलाई शक्तिशाली वनाऔ ।

किन कोरोना कहर आयो, तन प्रश्न ?

१) के संवेदनाको अभावले नै प्रकृति रिसाएको÷ दुःखी भएको अवस्था हो ?

२) मनुष्यले आफ्नो शक्तिको दुरुपयोग गरि हत्या, हिंसा, बलात्कार, राग, द्वेष, अहंकार, पशुवली, मान्सहार, बाताबरण प्रदुषण आदि गरेकोले हो ?

३) के कोरोना जुर्मुराएर करुणा–सचेतनाको युग शुरुवातका लागि मनुष्य जातिमा हावी भएको संकेत हो?

अब यसो गरौ हैः

१) प्रत्यकले यो असहज अवस्थाको सहज सामनाका लागि आफु भित्रकै ईमानदारीता, संवेदनशीलता, करुणा, भ्रातृत्व, शाकाहारि भोजन, मानवियता, प्रकृतिप्रेम र कृतज्ञता एवं सद्भावरुपि शक्ति सकृय साधना मार्फत जगाऔ ।

२) जसरि बुद्धले आफ्नो जिवनलाई साधि चार आर्य सत्यहरु संसारमा दुख छ, दुखको कारण छ, दुखको निवारण छ र निवारणका लागि मार्ग छ भनी जिवनलाई बुझ्नुभयो त्यस्तैगरि प्रत्यक मले वर्तमानमा आफैलाई साधि कोरोना संकटलाई मजाले वुझौ ।

३) यस समयलाई संकट भन्दा पनि जीवनशैली सुधार प्रक्रिया बुझ्दै बुद्धले गर्नु भएको साधना जस्तै गरि सुनौलो भविष्य हेर्नुको अर्को सृजनात्मक विकल्प छैन भनि साधना, तप, स्वाध्याय र सत्य प्रणिधानको अवसरको रुपमा बुझौ ।

बुद्ध दर्शनमा आधारित रहि सचेत क्रान्तिको दृष्टिकोण र सन्देश यश प्रकार छः– कोरोना कहरलाई करुणाको गाउँ शहरमा रुपान्तरण गरौ !

आशा, भरोसा राख्दै खुशी हुनुछ !
जीवन एउटा प्रकृया हो भनि जिउनुछ !!

लेखक सचेत क्रान्तिका सोचकर्ता एवम कानुन व्यवसायी हुन् ।

प्रतिक्रिया
सम्बन्धित