बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

दैनिक नेपाल २०८१ वैशाख १४ गते १९:४४

काठमाडौं, १४ वैशाख । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाताअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो ।

सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक मुना पौडेलले संयुक्त रुपमा बीमा रकम हस्तान्तरण गर्नुभएको छ ।

दुर्घटनाका कारण मृत्यु भएका राजेन्द्र पिठाकोटीले सानिमा बैंकको हेटौंडा शाखामा सानिमा सुपर सेभिङ्ग खाता खोल्नुभएको थियो ।

सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाताअन्तर्गत १० लाखको दुर्घटना बीमा, १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँसम्मको औषधि उपचार बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरुमा छुट प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित