मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

टी–२० विश्वकपको ‘ब्रान्ड एम्बास्डर’ बने युवराज सिंह

दैनिक नेपाल २०८१ वैशाख १४ गते १९:२७

काठमाडौं, १४ वैशाख । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले भारतीय पूर्व क्रिकेटर युवराज सिंहलाई टी–२० विश्वकप क्रिकेटको ब्रान्ड एम्बास्डर बनाएको छ ।

टी–२० विश्वकप जुन १ तारिखदेखि २९ सम्म वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुँदैछ । प्रतियोगिताको प्रचार प्रसारका लागि सिंहलाई ब्रान्ड एम्बास्डर बनाएको हो ।

भारतीय टोलीका पूर्व अलराउन्डर सिंह सन् २००७ को टी–२० विश्वकपमा एकै ओभरमा ६ छक्का प्रहार गरेर कीर्तिमान कायम गरेका थिए भने पहिलो विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

आइसीसीले ब्रान्ड एम्बास्डर बनाएपछि सिंहले टी–२० विश्वकप क्रिकेटमा जोडिन पाउनु नै सम्मानको कुरा भएको बताएका छन् ।

टी २० विश्वकपमा नेपालले पनि खेल्दै छ । नेपाल समूह ‘डी’मा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित