सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

उपनिर्वाचनको दिन पनि सार्वजनिक सवारी चल्ने

दैनिक नेपाल २०८१ वैशाख १४ गते १४:१५

काठमाडौं, १४ बैशाख । उपनिर्वाचनका दिन पनि सार्वजनिक सवारी साधन सञ्चालन हुने भएका छन् ।

निर्वाचन आयोगले आज सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो । भोलि इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) उपनिर्वाचन हुँदैछ ।

यसअघि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई निर्वाचनका दिन पनि सार्वजनिक सवारी साधन चलाउन निर्देशन दिएको थियो ।

मतदाताको सहज आवागमनका लागि सार्वजनिक सवारी चलाउन दिइने निर्णय भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित