आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

दीपक मनांगेलाई प्रहरीको पिर्के सलामी ! (भिडिओसहित)

दैनिक नेपाल २०८१ वैशाख १३ गते १४:२७

काठमाडौं, १३ बैशाख । राजीव गुरूङ उर्फ दीपक मनांगे कुनै समय गुण्डागर्दीमा शीर्ष स्थानमा आउने नाम हो । उहाँलाई पक्राउ गर्न, थुन्न प्रहरीले खोजिरहेको हुन्थ्यो । तर आज तिनै दीपक मनांगेको अवस्था पूरै परिवर्तन भएको छ ।

हिजो उहाँलाई थुन्न खोजी गर्ने प्रहरी अहिले सुरक्षामा खटिन्छन्, सलाम ठोक्छन् । मनाङबाट स्वतन्त्र सांसद जितेका मनांगे अहिले गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री हुनुहुन्छ ।

यसैबीच उहाँको एउटा भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा उहाँ पिर्कामाथि उभिएर प्रहरीबाट सलामी लिइरहनुभएको छ । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा–१५, छिनेडाँडामा पुग्नुभएका मनांगेलाई प्रहरीले पिर्के सलामी दिएको हो ।

कुनै समय प्रहरीको खोजी सूचीमा रहने मनांगे अहिले माननीय हुनुहुन्छ । नेपालमा आपराधिक कार्यबाट बच्न राजनीतिमा प्रवेश गर्नु सामान्य जस्तै बनिसकेको छ । जुन बाटो मनांगेले पनि अपनाउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित